२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

ओमसतियामा ‘तेस्रो उपाध्यक्ष कप महिला भलिबल’ सुरु

बुधवार , फाल्गुण ६, २०८२

  • 139
    Shares
  • 139
    Shares
  • भैरहवा, ६ फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिकामा मंगलबार (हिजोदेखि ‘तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता’ को सुरु भएको छ । स्थानीय महिलाहरूलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरूको सशक्तिकरण गर्ने र लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ गाउँपालिकाले यो प्रतियोगिताको आयोजना गरेको हो ।

    गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले घरभित्रको कामकाज र चुलोचौकोमा मात्र सीमित रहेका दिदीबहिनीहरूलाई घरबाहिर ल्याएर उनीहरूको आत्मविश्वास बढाउनु नै प्रतियोगिताको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले महिलाहरूलाई सामाजिक गतिविधि तथा खेलकुदमा पनि अब्बल बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    प्रतियोगिताका संयोजक कमल प्रसाद शर्माका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका ८ वटा टोलीले सहभागिता जनाएका छन् । जसमा वडा नम्बर १ बाट दुईवटा टोली, अन्य वडाहरूबाट एक–एक वटा टोली र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरूको एउटा टोलीबीच प्रतिष्पर्धा हुँदैछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

    Volleyball.JPG

    बुधबार (आज) सम्म चल्ने यो प्रतियोगिताले महिलाहरूलाई सामाजिक तथा खेलकुदका गतिविधिमा सक्रिय हुन थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ । प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु),  प्रवक्ता मदन प्रसाद पोखरेल लगायतले आ–आफ्नो बोल्नुभएको थियो ।