२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

रजत उत्वस मनाउदै तमु प्ये ल्हु संघ भैरहवा

मंगलवार , फाल्गुण ५, २०८२

  • 55
    Shares
  • 55
    Shares
  • भैरहवा । भैरहवामा क्रियाशिल तमु प्ये ल्हु संघले रजत उत्सव मनाउने बताएको छ । संघले बुधबार एक कार्यक्रमको आयोजना गरी रजत उत्सव मनाउन लागेको मंगलबार भैरहवामा पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

    संघका अध्यक्ष कृष्णबहादुर तमुले तमु समुदायको धर्म, संस्कृति र पहिचान जोगाउदै रजत महोत्सव मनाउन लागेको बताउनु भयो । उहाँले रजत उत्सवको अवसरमा समाजमा सकारात्मक योगदान पुर्याउने तमु व्यक्तित्वहरूलाई सम्मान गर्ने तयारी गरिएको जनाउनु भयो । 

    रजत उत्सवका अवसरमा पुरुषतर्फको सटपुट र भलिवल प्रतियोगिताको पुरस्कार वितरण पनि गरिने छ । यस्तै, विविध सांस्कृतिक प्रस्तुति समेत हुने उहाँको भनाई छ । उत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति, परम्परागत नृत्य, गीत तथा भेषभूषाको प्रदर्शनसमेत गरिने जनाइएको छ ।

    संघका सचिव जोशन तमुले विगतदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र संस्कृतिको प्रवद्र्धनमा निरन्तर रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले  युवालाई संस्कृतिप्रति जोड्ने उद्देश्यले विभिन्न तालिम, सांस्कृतिक अभ्यास र सामाजिक सेवामूलक गतिविधि सञ्चालन गरिएको बताउनु भयो । 

    आयोजकले रजत महोत्सवलाई केवल उत्सवमा सीमित नराखी तमु समुदायको इतिहास, पहिचान र एकताको सन्देश फैलाउने अवसरका रूपमा विकास गर्ने लक्ष्य राखिएको जनाएका छन् । 

    तमु प्ये ल्हु संघ भैरहवाले आयोजना गर्न लागेको रजत महोत्सवले समुदायभित्र आपसी सद्भाव बढाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।