images

शुक्रवार, बैशाख २१ गते २०८१

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

images
images
images
सोमवार, बैशाख २० २०७८
सोमवार, बैशाख २० २०७८
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    भैरहवा, २० वैशाख । 
    कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरका ४२ वर्षिय विष्णु परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    images
    images
    images

    कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतबाट फरार सूचीमा रही पुनरावेदन अदालत बुटवलको २०५७ मंसिर २२ गतेको फैसलाले १७ वर्ष ५ महिना २२ दिन कैद तोकिएका विष्णुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 

    इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीको टोलीले विष्णुको घरमा फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा उनलाई कैद भुक्तानको लागि आइतबार जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको डीएसपी थापाले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij