२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

    मेरी आमा

सोमवार , भाद्र १, २०७७

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • - कल्यान विक्रम पाण्डे

    जन्म भयो पोखरा सम्मिमा कर्मथलो बन्यो अर्मादी 
    सात जना छोराछोरी जन्माउँदा आमा तिम्रो जीवनमा चल्यो हुरी र आँधी ।।
    जेष्ठ सन्तानको रुपमा तिमी आमा लक्ष्मीको जन्म धर्तीमा दियौ 
    सोच विचार अनि छलफल गरी नामाकरण शान्ता राख्ने निर्णय लियौ ।।
    दोस्रो सन्तानको रुपमा कोखबाट हर्सित हुँदै पुत्र प्राप्ति भयो
    कालखण्ड समय अनुसार उनको नाम नामाकरण खेमजङ रहन गयो ।।
    सृष्टिको नियम हो चल्ने चल्दछ चलै रहि गयो 
    तेस्रो सन्तानको जन्म भयो उनको नाम सीता रहने भयो ।।
    कडा थियो समय परिस्थिति चल्न पर्ने रीति अनि तिथी 
    चौथो सन्तानलाई जन्म दियौ नाम राखौ छोरा मोती  ।।
    जेठी  बुहारी भएपछि मिल्नु सासू ससुरा देवर अनि देउवरानी शीत 
    पाचौं सन्तानको रुपमा जन्म दियौ नाम राखौं सबिता ।।
    जस्तो सुकै परिस्थिति आएपनि गर्न छोडिनौ भाव अनि भक्ति
    छैठौँ सन्तानको रुपमा कोखबाट लिए जन्म उनले नाम रह्यो शक्ति ।।
    समय परिवर्तन हुँदै गयो सबैको चल्दै गयो आआफ्नै ताल अनि सुर 
    सातौ सन्तानको जन्म भयो कान्छी सुपुत्री नाम रह्यो अङुर ।।
    बुढेसकालमा भएका थिए मन बुझाउने सेवा गर्ने ती तिम्रा साथिनी 
    छोरीछोरीतर्फ गरेर जम्मा भए १० जना नातिनातिनी ।।
    भाग्यमानी रहिछेऊ आमा ८८ वर्षसम्म यस घर्तीमा रह्यौ 
    पाँच पलाँती पलाँतिनी देख्यौ साउन २० गते ईश्वरकी प्यारी भयौ ।।
    हे प्रभु लाखौं करोडौंमा तिमी हाम्री एक माता थियौ
    देश विदेशमा फैलिने गरी अन्ततः सन्तति जन्म दियौ ।।
    धेरै सन्तान जन्म दियौ हुर्काउँदा  पढाउँदा  धेरै गर्यौ सामना 
    बैकुण्ठबास होओस् आमा तिम्रो हाम्रो यही छ पुकार अनि कामना ।।