२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा सरकारको स्वीकृति लिनुपर्ने

सोमवार , फाल्गुण ४, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं, ४ फागुन । सरकारले पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिविना पात्रो तथा क्यालेण्डर प्रकाशन र वितरण गर्न नपाइने जानकारी गराएको हो ।

    समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीकाअनुसार गठन आदेश २०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका–२०७९ बमोजिम व्यक्ती, संघ–संस्था, प्रकाशक तथा वितरकले पात्रो (पात्रो÷पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएअनुसार सो व्यवस्था गरिएको जानकारी  दिनुभयो ।

    उहाँले बजारमा आउने कतिपय पात्रो तथा क्यालेण्डरमा तिथि, मिति, सार्वजनिक बिदा लगायतका विवरणमा त्रुटी भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको भन्दै त्यसतर्फ समेत सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

    पूर्वस्वीकृति लिए नलिएकोबारे अनुगमन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको भनाइ छ ।

    उक्त समितिलाई स्वीकृतिबिना प्रकाशित सामग्री जफत गर्न तथा आवश्यक कारबाही सिफारिस गर्ने अधिकार दिइएको कार्यकारी निर्देशकले पन्थीले जानकारी दिनुभयो । 

    उहाँले भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिन सरोकारवाला सबैलाई निर्देशन दिँदै उक्त निर्देशन कार्यावयनकका लागि जिल्ला प्रशासन कार्यालयहरुसँग सहयोगको अपेक्षा समेत गरेको छ ।