
सोमवार , बैशाख २०, २०७८
बुटवल।
बिवादका विच मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले पहिलो चरणमा ५ सदस्यीय मन्त्री मण्डल बनाएका छन्। मुख्यमन्त्रीको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्।
रिजाल पहिलोपटक मन्त्री बनेका हुन्। उनीहरु दुबैजनाले प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेका छन् ।
यस्तै यसअघि जसपाबाट मन्त्री बनेका २ जना मन्त्रीले पुनः सपथ लिएका छन्। जसपाबाट मन्त्री बनेका सन्तोष पाण्डे र विजय यादवले पूर्ववत पदमै सपथ लिए। पाण्डे भौतिक पुर्वाधार विकास र यादव भूमी व्यवस्था तथा कृषि मन्त्रीको रूपमा सपथ लिएका हुन्।
यसअघि मन्त्री रहेका लिला गिरी र आरती पौडेलको पद भने खोसिएको छ। माओवादी मन्त्रीले राजीनामा दिएपछि केहीदिनअघिमात्रै गिरीले आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पौडेलले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हालेकी थिइन्।
यसअघि आइतबारै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुत् निवासमै पुगेर शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाएका थिए।
आइतबार साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले कडा सुरक्षा घेराबीच सपथ लिएका हुन् । प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij