
आइतवार , बैशाख १९, २०७८
अर्घाखाँची, १९ वैशाख ।
अर्घाखाँचीमा भोलि (सोमबार) देखि निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।
यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु बिहान ६ देखि ९ बजेसम्म संचालन हुने र बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारीबाट सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेकका सबै सवारीसाधन बन्द हुनेछन् । अस्पताल, औषधि पसल २४ सै घण्टा खुला रहनेछन् । जिल्लामा कोरोनाको द्रोस्रो लहर सुरु भएपछि ८ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५६ जना पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij