२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

बुहारीलाई जिउँदै जलाएर हत्याको प्रयास, सासु प्रहरीको नियन्त्रणमा

सोमवार , माघ २६, २०८२

  • 319
    Shares
  • 319
    Shares
  • परासी, २६ माघ । पश्चिम नवलपरासीमा आफ्नै बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ पट्खौलीकी शर्मिला हरिजनमाथि शनिबार मध्यराति डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो ।

    घटनामा संलग्न रहेको आरोपमा पीडितकी सासु कमलीदेवी हरिजनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले जानकारी दिनुभयो ।

    पीडित शर्मिलाले दिएको जाहेरी अनुसार घटनामा उनका श्रीमान् २८ वर्षीय गजेन्द्र हरिजन र हुकई निवासी विष्णु हरिजनसमेत संलग्न रहेको उल्लेख छ । उनीहरू हाल फरार रहेका छन् ।
    शर्मिलाले आफ्नै श्रीमान्, सासु र अर्का एक व्यक्तिले मिलेर मध्यरातमा आफूलाई डिजेल छर्केर जिउँदै जलाउने प्रयास गरेको बताउनुभएको छ । उहाँका अनुसार श्रीमान् वैदेशिक रोजगारीका क्रममा अष्ट्रेलियामा रहेका बेला सासु तथा परिवारबाट आफू निरन्तर घरेलु हिंसामा पर्दै आउनुभएको छ ।

    उहाँले श्रीमान् स्वदेश फर्किएको विषयसमेत आफूलाई जानकारी नदिइ योजनाबद्ध रूपमा हत्या गर्ने प्रयास गरिएको जाहेरीमा दावी गर्नुभएको छ । घटनासम्बन्धी निवेदन प्राप्त भइसकेको र फरार अभियुक्तको खोजी तथा घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको डीएसपी पन्तले जानकारी दिनुभयो ।