सोमवार , माघ २६, २०८२
पाल्पा, २६ माघ । रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीको आयोजनामा पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ स्थित श्री मग्रानदेवी प्राथमिक विद्यालयमा झोला, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत सबै ५४ जना विद्यार्थीहरूलाई झोला, कापी, पेन्सिल, इरेजर, शार्पनर, ज्यामिति बक्स तथा ट्र्याकसुट लगायतका शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष युवराज अर्यालले बताउनुभयो । चिसो मौसम तथा विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष युवराज अर्यालले यस्ता सेवामूलक परियोजनाहरूले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक सहयोग पुग्ने र समुदायमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त परियोजना अत्यन्तै लाभदायी रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रभावकारी सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का एडीआरआर तथा क्लबका पूर्वअध्यक्ष लक्ष्मण श्रेष्ठलगायतको उपस्थिति थियो ।
विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय समुदायले विद्यार्थीहरूको हितका लागि गरिएको यस पहलप्रति रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
