२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

फर्साटिकरमा एमालेको निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय स्थापना

सोमवार , माघ २६, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, २६ माघ । नेकपा (एमाले) ले रुपन्देही क्षेत्र नम्बर ३ को फर्साटिकरमा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याएको छ । चुनावी प्रचारप्रसार कार्यलाई व्यवस्थित गर्न पार्टीले क्षेत्रीय निर्वाचन परिचालन कार्यालय स्थापना गरेको हो । 

    आइतबार आयोजित कार्यालय उद्घाटन कार्यक्रममा उम्मेदवार बासुदेव घिमिरे, पार्टीको केन्द्रीय सदस्य गुमादेवी आचार्यले नवप्रवेशी युवाहरुलाई पार्टीमा स्वागत समेत गर्नुभयो । 
    विभिन्न पार्टी परित्याग गरेर कृष्ण बहादुर बकावल र केशव थारुको नेतृत्वमा ८१ जना युवाहरु एमाले प्रवेश गरेको पार्टीले जनाएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य आचार्यले युवाहरु परिवर्तनका संवाहक भएकाले विकासप्रेमी एमालेका उम्मेवादरलाई जिताउने अभियानमा थप क्रियाशील हुन युवाहरुलाई आग्रह गर्नुभयो । बासुदेव घिमिरे काम गर्न सक्ने कर्मठ नेता भएको उल्लेख गर्दै नेतृ आचार्यले उहाँको नेतृत्व क्षेत्र नम्बर ३ ले चाहेको आचार्यले बताउनुभयो । 

    त्यस्तै उम्मेदवार घिमिरेले आफूले जिम्मेवारी पाउँदा काम गरेर देखाएको बताउँदै क्षेत्र नम्बर ३ को सन्तुलित विकासमा आफू प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो । जनमैत्री कानून निर्माण, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनजीविकामा सुधार जस्ता विषय आफ्ना चुनावी एजेण्डा रहेको उल्लेख गर्दै नेता घिमिरेले विगतको अनुभवको आधारमा आफूले क्षेत्र नम्बर ३ को विकासमा रचनात्मक काम गर्न सक्ने बताउनुभयो । 

    कार्यक्रमका पार्टीका प्रदेश, जिल्ला, पालिकास्तरका नेता वक्ताहरुले बासुदेव घिमिरेको नेतृत्वमा क्षेत्र नम्बर ३ को विकास र समृद्धि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । चुनावी अभियानको क्रममा क्षेत्र नम्बर ३ मा आइतबार महिला भेला, विभिन्न वडामा प्रचारप्रसार कार्यालय उद्घाटन, युवा भेलाहरु भएको पार्टीले जनाएको छ ।