२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

एशियन बुद्ध होटलमा नेपाली क्रिकेट टोलीको समर्थनमा ‘लाइभ स्क्रिनिङ’

सोमवार , माघ २६, २०८२

  • 385
    Shares
  • 385
    Shares
  • भैरहवा, २६ माघ । नेपाली क्रिकेट टोलीप्रति उत्साह र समर्थन व्यक्त गर्दै रुपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलले हाल सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरू लाइभ स्क्रिनिङमार्फत प्रशारण गरेको छ । होटल परिसरमा गरिएको उक्त व्यवस्था क्रिकेटप्रेमीहरूका लागि विशेष आकर्षणको रूपमा देखिएको छ ।

    लाइभ स्क्रिनिङका क्रममा होटल परिसर नेपाली झण्डा, राष्ट्रिय रंग तथा क्रिकेटप्रेमी दर्शकहरूको उत्साहले भरिएको होटलले जनाएको छ । परिवार, युवा तथा खेलप्रेमीहरूको सहभागीता रहेको कार्यक्रममा खेलका प्रत्येक रोमाञ्चक क्षणमा दर्शकहरू नेपाली टोलीको समर्थनमा उत्साहित देखिन्थे ।

    होटल व्यवस्थापनका अनुसार नेपाली क्रिकेट टोलीप्रति ऐक्यबद्धता जनाउँदै तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले लाइभ स्क्रिनिङको आयोजना गरिएको हो । ‘नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा राम्रो पहिचान बनाउँदै गएको छ । यही उपलब्धीलाई सम्मान गर्दै हामीले क्रिकेटप्रेमीहरूलाई एकै स्थानमा बसेर खेल हेर्ने अवसर प्रदान गरेका हौं,’ होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले भन्नुभयो ।

    लाइभ स्क्रिनिङलाई लक्षित गर्दै होटलले खानपानमा आकर्षक अफरहरू सार्वजनिक गरेको थियो, जसमा दुई प्लेट मोमो खरीद गर्दा एकप्लेट मोमो निःशुल्क तथा तीन गिलास ड्राफ्ट बियर खरीदमा शेफ स्पेशल स्न्याक्स निःशुल्क प्रदान गरिएको थियो ।

    कार्यक्रमका क्रममा होटलले विशेष सेवासुविधा समेत उपलब्ध गराएको थियो, जसका कारण दर्शकहरू खेलको मज्जा लिनुका साथै पारिवारिक तथा सामाजिक वातावरणमा गुणस्तरीय समय बिताउन सफल भएका थिए ।

    यस्ता कार्यक्रमले खेलप्रतिको रुची बढाउनुका साथै समुदायबीच आपसी सद्भाव र एकताको भावना विकास गर्न मद्दत पुगेको कार्यक्रममा आएका दर्शकले प्रतिक्रिया दिएका छन् । आगामी दिनमा पनि यस्ता खेल तथा साँस्कृतिक कार्यक्रम निरन्तर आयोजना गर्ने योजना होटल व्यवस्थापनको रहेको जनाइएको छ ।