२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

रुपन्देहीमा छतबाट खसेर एकजनाको मृत्यु

सोमवार , भाद्र १, २०७७

  • 23.7K
    Shares
  • 23.7K
    Shares
  • भैरहवा, १ भदौ । 
    रुपन्देहीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षिय बिकास जैसवाल रहेका छन् । 

    गएराती २ः३० बजे आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खस्दा घाइते भएका जैसवालको उपचारको क्रममा मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ । 

    घाइते भएका जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको र उपचारको क्रममा उनको सोमबार बिहान ३ः५५ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको उनले बताए ।