२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

अमेरिकाको लस एञ्जलसमा कार दुर्घटनामा ३ जनाको मृत्यु, ७ घाइते

शुक्रवार , माघ २३, २०८२

  • 37
    Shares
  • 37
    Shares
  • काठमाडौं, २३ माघ । अमेरिकाको लस एञ्जलस शहरस्थित वेस्टवुड क्षेत्रमा बिहीवार एउटा सवारी साधन किराना पसलभित्र छिर्दा तीन जनाको मृत्यु भएको छ ।

    अन्य सात जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार यो दुर्घटना दिउँसो करिव १२ बजे भएको थियो । लस एञ्जलस अग्नि नियन्त्रण विभागले दिएको जानकारीअनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो भने अन्य सात जनालाई तत्काल नजिकैको अस्पताल लगिएको छ ।

    स्थानीय सञ्चारमाध्यमहरूले उक्त पसल एशियाली सुपरमार्केट चेन ९९ र्यान्च मार्केट रहेको पहिचान गरेका छन् । दुर्घटनाको वास्तविक कारणबारे अझै स्पष्ट हुन सकेको छैन र स्थानीय प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।