बिहिवार , माघ २२, २०८२
तिलोत्तमा, २२ माघ । तिलोत्तमा नगरपालिका र बुट्स मेडिको प्रा.लि. बुटवल उपमहानगरपालिका–१०, रुपन्देही बीच सुलभ फार्मेसी सञ्चालनका लागि सम्झौता भएको छ । तिलोत्तमाको मणिग्राममा सचालन हुने गरी २५ दशमलव १० प्रतिशतसम्म छुट हुने गरी सो सम्झौता भएको हो ।
नगरपालिकाले सञ्चालन गर्ने सो फार्मेसी सेवामार्फत नगरबासीहरुले नगरले तोकेको छुटमा बिरामी हुँदा प्रयोग गर्ने औषधी खरीद गरी सेवन गर्न सक्नेछन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले यो सम्झौता अवधि फागुन १५ गतेदेखि लागु भइ ५ वर्षसम्मका लागि हुने जानकारी दिनुभयो । सुलभ फार्मेसी सञ्चालन भएपछि नगरबासीहरुमा थप सहजता हुनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
