२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

एमालेले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै अघि सार्ने 

आइतवार , बैशाख १९, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल। नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले शंकर पोखरेलको नेतृत्वमा नै नयाँ सरकार बनाउने निर्णय गरेको छ। 

    आज बुटवलको न्यू ईरा होटलमा बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो। 

    मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा फेरि नयाँ सरकार गठन गर्ने निर्णय गरेको प्रदेश सभा सदस्य भुमिश्वर ढकालले जानकारी दिए।  

    ८१ जना सांसद रहेको लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन। जुन एकल बहुमतको सरकार बनाउन सक्ने संख्या हो।