२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

तिलोत्तमामा भू–उपयोग परिषद्को बैठक, जग्गाको कित्ताकाट सम्बन्धी निर्णय पारित

बुधवार , माघ २१, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • तिलोत्तमा, २१ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सभाहलमा सम्पन्न भू–उपयोग परिषद्को बैठकले कित्ताकाट सम्बन्धी निर्णय भएको छ । तिलोत्तमा नगरपालिकाको हलमा सञ्चालित कार्यपालिकास्तरीय बैठकले सो निर्णय पारित गरेको हो । 

    कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले अब नगरबासीहरुले खेतीयोग्य र आवासीय जग्गा छुट्ट्याए अनुसार कित्ताकाट खुल्ने जानकारी दिनुभयो । त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कित्ताकाट भएपछि नगरबासीमा थप सहजता हुने र बाधाहरु फुक्ने समेत बताउनुभयो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले समस्याको रुपमा रहेको कित्ताकाट प्रक्रियालाई स्थानीय तहबाट फुकाउँदै प्रदेश र संघमार्फत सहज बनाउन यो निर्णयले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

    बैठकमा नगरपालिकाका कार्यपालिका सदस्य वडा अध्यक्ष लगायत कर्मचारीहरुको जिज्ञासा भू–उपयोग जियो मेटिक्स इञ्जिनियर भरत खड्काले कित्ताकाट र सो निर्णयका बारेमा छलफल गरी समाधान गर्नुभएको थियो ।