२०८३, आषाढ ५ गते

Jun 19 2026 | २०८३, आषाढ ५ गते

सिविन नेपालद्वारा सञ्चालित सुफासेक परियोजनाको समापन कार्यक्रम

मंगलवार , माघ २०, २०८२

  • 943
    Shares
  • 943
    Shares
  • भैरहवा, २० माघ । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालद्वारा सञ्चालित सुफासेक परियोजनाको समीक्षासहित समापन कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । 
    परियोजनाका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीमा सञ्चालित तीन पालिकाका सरोकारवालाहरुको सहभागीता थियो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी महिला शाखा प्रमुख सहायक महिला अधिकृत कौशल्या चौधरी, ओमसतिया गाउपालिकाकी महिला शाखा प्रमुख महिला विकास अधिकृत निर्मला पाण्डे, तिलोतमा नगरपालिकाकी शारदा घिमिरेले आ–आफ्नो पालिकामा सिविन नेपालसँगको सहकार्यमा बालबालिको क्षेत्रमा भएका गतिविधिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
    परियोजनाले गरेका गतिविधि बाल हेल्पलाइन सेवा भैरहवा प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नुभएको थियो । परियोजनाले तीन वर्षसम्म गरेका कामको प्रगति विवरण सो कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा परियोजनाका दौतरी शिक्षक विवेक खड्काले गरेका गतिविधिसहित आफ्नो अनुभव सुनाउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरी, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवी चौधरी, शुभ अवसर ग्राम नेपालका परियोजना प्रमुख सत्य नारायण यादव, बाल अधिकार सञ्जाल सिद्धार्थनगरका अध्यक्ष तारा बेल्बासे, लक्ष्मी बेलबासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

    कार्यक्रममा आभार तथा सहकार्य धन्यवाद–पत्र तीनवटा पालिकालाई प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण परियोजनाका निर्जना भट्ट र फुलमाया पासवानले गर्नुभएको थियो । कार्यक्रममा बाल समुह गिरवाण माध्यमिक विद्यालयका छात्राले नृत्य प्रस्तुत गरेका थिए ।