२०८२, माघ १९ गते

Feb 02 2026 | २०८२, माघ १९ गते

गाजामा इजरायली हवाई आक्रमणमा ३२ प्यालेस्टिनीको मृत्यु

सोमवार , माघ १९, २०८२

  • 139
    Shares
  • 139
    Shares
  • काठमाडौं, १९ माघ । प्यालेस्टिनी स्रोतहरूकाअनुसार शुक्रवार राति र शनिवार गजा पट्टीका विभिन्न स्थानमा भएका इजरायली हवाई आक्रमणहरूमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

    गजाको नागरिक सुरक्षाका प्रवक्ता महमुद बसलकाअनुसार उत्तरी गजा शहरको शेख रदवान प्रहरी केन्द्रमा भएको सबैभन्दा घातक आक्रमणमा १४ जनाको मृत्यु भएको छ । उक्त स्थानमा धेरै प्रहरी अधिकारी र सर्वसाधारणहरू भग्नावशेषमा पुरिएका थिए।

    यसैगरी, दक्षिण गजाको खान युनिसस्थित विस्थापित शिविरमा भएको अर्को आक्रमणमा एकै परिवारका सात सदस्यहरूको मृत्यु भएको छ । इजरायली प्रतिरक्षा बल (आईडीएफ) ले यो कारबाही हमासका कमाण्डरहरू र हतियार भण्डारण स्थलहरूलाई लक्षित गरी गरिएको र यो हमासले राफाह क्षेत्रमा युद्धविराम उल्लंघन गरेको प्रतिक्रिया स्वरूप गरिएको बताएको छ ।

    हमासले इजरायलको दाबीलाई आधारहीन र भ्रामक भन्दै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघलाई यो क्रूर अपराध रोक्न आह्वान गरेको छ । गजा स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि शुरु भएको यस युद्धमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ७१ हजार ७ सय ६९ पुगेको छ भने १ लाख ७१ हजारभन्दा बढी घाइते भएका छन् ।