शुक्रवार , माघ १६, २०८२
रुपन्देही, १६ माघ । नेपालमा क्षयरोगका बिरामीहरुको संख्या बढ्दो मात्रामा रहेको छ । रुपन्देही र नवलपरासीका पालिकाहरुमा क्षयरोगीहरुको खोजी गर्दा क्षयरोगका बिरामीहरुको संख्या बढ्दो मात्रामा रहेको देखिएको हो ।
जिल्ला स्थित स्वास्थ्य कार्यालय र बिराट नेपाल मेडिकल ट्रष्टले दुई जिल्लाका एक हजार १४ घर परिवारका चार हजार २१ जनामा क्षयरोगको जाँच गर्दा एक हजार २ जनामा संक्रमण फेला परेको बिएनएमटीका क्रिटिक परियोजना संयोजक अखिलेश झाले जानकारी दिनुभयो ।
संक्रमण देखिएका मध्ये ९९४ जनाले औषधी खान शुरु गरेकोमा ७५४ जनाले औषधी पुरा गर्नु भएको र बाँकी २४० जनाले औषधी खाईरहेको संयोजक झाको भनाई छ । नवलपरासीमा ३१७ घर परिवारमा जाँच गर्दा २८२ जनामा संक्रमण देखिएको र २८० जनाले औषधी सेवन शुरु गरेको कार्यालयको भनाई छ । त्यसमध्ये १८८ जनाले औषधी पुरा गर्नुभएको छ ।
यता रुपन्देहीका ६९७ घर परिवारमा क्षयरोगको जाँच गर्दा ७२० जनालाई संक्रमण फेला परेको थियो । संक्रमण फेला परेका मध्ये ७१४ जनाले औषधी सेवन गर्न शुरु गरेकोमा ५६६ जनाले औषधीको मात्रा पुरा गर्नु भएको र बाँकी रहेका १४८ जनाले औषधी सेवन गरिरहेको कार्यालयको भनाई छ ।
क्षेयरोगको अबस्था बिग्रदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै रुपन्देही र नवलपरासीमा बिशेष अभियान चलाईएको छ । सुसुप्त अबस्थामा रहेका क्षयरोगका किटाणुको पहिचानका लागि बिराट नेपाल मेडिकल ट्रष्टले दुई जिल्लामा बिशेष अभियान चलाएपछि अहिले क्षयरोगको किटाणु फेला परेका व्यक्तिहरु क्रमश देखिन थालेका छन् ।
क्षयरोगको रोकथामका लागि उपचार सेवा चलाउदै आएको उक्त सस्थाले कार्यक्रमको प्रभावकारीताबारे समिक्षा गरेको छ । कार्यालयले सरोकारवाहरुको सहभागितामा कार्यmक्रमको समिक्षा गरिएको कार्यक्रम प्रबन्धक विवेचना पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीको सहकार्यमा बिराट नेपाल मेडिकल ट्रष्टले क्षयरोगसंग नजिक रहेका घर परिवारसंग पुगेर सुसुप्त अबस्थामा रहेका क्षयरोगका किटाणु भए नभएको पत्ता लगाउदै आएको छ ।
क्षयरोगको संक्रमणको शंका लागेका व्यक्तिहरुको खकार जाँच, छातिको एक्सरे, सिवाईटिबि टेष्ट, मलिकुलर गर्ने र त्यसको रिर्पोटको आधारमा औषधी चलाउने गरिएको पाण्डेले जानकारी दिनुभयो ।
नेपालमा एक्टिभ र ल्याटेन गरी दुई प्रकारका क्षयरोगका बिरामी रहेका छन् । झण्डै ५० प्रतिशत नागरिकमा क्षयरोगका किटाणु सुसुप्त अबस्थामा रहेको स्वास्थ्य कार्यालय रुपन्दहेहीका क्षयरोग निरिक्षक टिकाराम अधिकारीले जानकारी दिनुभयो । उहाँले क्षयरोग मुक्त समाजको निर्माणका लागि सरकार लागि परेको उल्लेख गर्दै सरकारको अभियानमा गैरसरकारी सस्थाहरुको भुमिका पनि महत्वपुर्ण सहयोग गरेको उल्लेख गर्नुभयो ।
समिक्षा कार्यक्रममा क्रिटिक परियोजनाका बिषयमा डा. नविन साहले जानकारी दिनुभयो थियो भने रुपन्देही र नवलपरासीमा देखिएको क्षयरोगका बिषयमा टिकाराम अधिकारी र देवकिनन्दन आचार्यले प्रस्तुतिकरण गर्नु भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
