२०८२, माघ १६ गते

Jan 30 2026 | २०८२, माघ १६ गते

सार्वजनिक विदामा पनि सेवा प्रवाहमा भैरहवास्थित राजश्व कार्यालय

शुक्रवार , माघ १६, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • भैरहवा, १६ माघ । आन्तरिक राजस्व कार्यालय भैरहवाले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गरेको छ ।

    कार्यालयले निर्वाचन प्रहरीका लागि आबश्यक पर्ने व्यक्तिगत स्थायी लेखा नम्बर बनाउनका लागि कार्यालय सुचारु गरिएको कर अधिकृत एरिना दाहालले जानकारी दिनुभयो ।

    उहाँले बिहिवार एकै दिन ९४२ जनालाइ व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गरिएको थियो भने आज शुक्रवार १ हजार दुइ सय बढीलाइ प्यान कार्ड वितरण गरिएको अधिकृत दाहालको भनाइ छ ।

    IMG_9930.JPG

    निर्वाचन प्रहरीका लागि प्यान कार्ड बनाउनका लागि शनिवार सम्मका लागि समय तोकिएको छ । कम समय भएकाले आन्तरिक राजश्व कार्यालयमा प्यान कार्ड बनाउनेहरुको भिड लागेको हो ।

    कार्यालयले करदाताहरुको चापलाई मध्यनजर गरी सार्वजनिक बिदाको दिनमा पनि शुक्रबार बिहान १० बजेदेखि दिनको ५ बजेसम्म कार्यालय खुला रहको कार्यालयले जनाएको छ ।