२०८२, माघ १६ गते

Jan 30 2026 | २०८२, माघ १६ गते

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँ : सुनिता डंगोल

शुक्रवार , माघ १६, २०८२

  • 160
    Shares
  • 160
    Shares
  • काठमाडौं, १६ माघ ।  काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

    शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताउनुभएको हो ।

    उहाँले शहीदहरुले दिनुभएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताउनु भयो । उहाँले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरुको बलिदानकै कारण सम्भव भएको बताउनु भयो ।

    नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको जिकिर गर्नुभयो । कार्यवाहक प्रमुख डंगोलले यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन भएको बताउनु भयो । शहीदहरुको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्ने बताउनु भयो ।

    नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा रहेको जिकिर गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो । त्यही बलिदानको जगमा टेकेर आज हामी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौं ।

    अर्थात विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौं । विक्रम संवत २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताहको समारोह समिति गठन गरेर स्मृति सभा लगायतका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको छ ।

    यसै सन्दर्भमा माघ १० गते शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको स्थान टेकु पचली, माघ १३ गते धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको स्थान शोभा भगवती र माघ १५ गते शहीद दशरथ चन्द र शहीद गङ्गालाल श्रेष्ठले शहादत प्राप्त गरेको स्थान सिफलमा श्रद्धाञ्जलि सभाको आयोजना गरिरहेका छ ।

    काठमाडौं महानगरपालिकाले शहीदहरूले शहादत प्राप्त गरेका ठाउँहरूको संरक्षण गर्ने, महत्व प्रवद्र्धन गर्ने क्रममा चार वीर सहिदहरूको पूर्ण कदको शालिक निर्माण पनि गरिएको छ । त्यसैगरी, धर्मभक्त माथेमा, उहाँको जन्मथलो ओन्वालमा धर्मभक्त पार्क पनि बनाइएको छ । पार्कमा उहाँको सम्पूर्ण, उहाँको पूर्ण कदको शालिक रहेको छ ।

    महानगरपालिकाको सहकार्यमा निर्माण गर्न लागिएको मानव सेवा आश्रमको नामाकरण धर्मभक्त माथेमा, उहाँको स्मरण र उहाँको नामबाट नै हुनेछ । गङ्गालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरेका छौं । त्यसबाट शहीदका नामबाट सञ्चालित सेवा प्रदायक ठाउँबाट नागरिकहरूले सहज सेवा पाउन सकुन् भन्नेकुरामा पनि हामी प्रतिवद्ध छौं ।

    शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने पनि आवश्यकता छ । आज हामी जहाँ छौं, जुन अवस्था र व्यवस्थामा छौं, नागरिक अधिकार, समावेशिता र सँगसँगै समावेशीकरणको प्रयोग गरिरहेका छौं । यो उहाँहरूकै बलिदानबाट प्राप्त भएको हो । यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो ।

    यसबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्दछ । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा छ ।

    शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिन, प्रभावकारिता र सँगसँगै काममा पनि देखिन सकियोस् भन्ने पनि कामना गर्दछौँ । यसका निम्ति म आफ्नो पदले जिम्मेवारी अनुरूप इमानदार भएर काम गर्ने प्रण गर्दछु ।’

    कार्यवाहक प्रमुख डंगोलले शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्ने बताउनु भयो ।