२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

रास्वपा संघीय निर्वाचन सम्पादन समितिको सदस्यमा कल्पना पाण्डे

शुक्रवार , माघ १६, २०८२

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कल्पना पाण्डेलाई पार्टीको संघीय निर्वाचन सम्पादन समितिको सदस्यको जिम्मेवारी दिएको छ । उहाँलाई पार्टीका केन्द्रीय उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोल प्रसाद अर्यालले बुधबार सदस्यमा मनोनयन गर्नुभएको हो । 

    रुपन्देही निवासी पाण्डे रास्वपाको केन्द्रीय महिला विभाग सदस्य हुनुहुन्छ । उहाँ पूर्व प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री समेत हुनुहुन्छ ।

    फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुईतिहाइ मत प्राप्त गरी अब्बल सरकार निर्माण गरेर देशको समग्र विकास गर्न तथा देशको आन्तरिक सबलता एवं बाह्य सम्मानलाई समेत यथेष्ट अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको सो पार्टीले जनाएको छ ।