२०८३, भाद्र २७ गते

Sep 12 2026 | २०८३, भाद्र २७ गते

रास्वपा संघीय निर्वाचन समितिको सदस्यमा महेन्द्र गुप्ता

बिहिवार , माघ १५, २०८२

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • भैरहवा, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) लाई पार्टीको संघीय निर्वाचन सम्पादन समितिको सदस्यको जिम्मेवारी दिएको छ । उहाँलाई पार्टीका केन्द्रीय उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोल प्रसाद अर्यालले बुधबार सदस्यमा मनोनयन गर्नुभएको हो । रुपन्देही निवासी गुप्ता रास्वपाको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख समेत हुनुहुन्छ । जिम्मेवारी पाएपछि गुप्ताले आफूलाई पार्टीले दिएको जिम्मेवारी बहन गर्ने बताउनुभयो ।

    फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुईतिहाइ मत प्राप्त गरी अब्बल सरकार निर्माण गरेर देशको समग्र विकास गर्न तथा देशको आन्तरिक सबलता एवं बाह्य सम्मानलाई समेत यथेष्ट अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको सो पार्टीले जनाएको छ ।