बिहिवार , माघ १५, २०८२
भैरहवा, १५ माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी २५० जना बढी जनता समाजवादी पार्टी (जसपा), नेपालमा प्रवेश गरेका छन् । मंगलबार रोहिणी–२ स्थित मैनिहवामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी २५० बढी नेता–कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गर्नुभएको पार्टीका केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य यादवले नेपालमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण जनतालाई समान अधिकार आवश्यक रहेको बताउनुभयो । नेता यादवले अहिलेसम्म प्राप्त अधिकार र उपलब्धीलाई संस्थागत गर्न जसपा नेपाललाई जिताउन आवश्यक रहेको बताउनुभयो ।
जसपा नेपालका नेता कान्छा कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
