२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

सहकारी सञ्चालन तथा व्यवस्थापनका लागि तालिम

मंगलवार , माघ १३, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १३ माघ । उत्तम महिला सहकारी संस्था लि. सियारी गाउँपालिका वडा नम्बर ७ अमुवा, रुपन्देहीले मंगलबारदेखि ‘सहकारी सञ्चालन तथा व्यवस्थापनका लागि टीम म्यानेजमेन्ट तालिम’ सुरु गरेको छ ।

    सहकारीले आफ्नो कार्यसमिति, लेखा समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरुका लागि तीनदिवसीय तालिम अमुवास्थित विश्वप्रकाश प्रतिष्ठानमा सुरु गरेको छ । 

    तालिममा सहकारीका सिद्वान्त, नीति, नियम, सहकारी सञ्चालन र व्यवस्थापनका लागि टीम बिल्डिङ्ग, सहकारीमा उद्यमशीलता, बजार तथा बजारीकरण, सहकारीका वर्तमान समस्या एवम् चुनौती र समाधानका बाटाहरु, सहकारीमा सञ्चार, सहकारीमा सामाजिक सञ्जाल प्रयोग र लेखा विधिसम्बन्धि विषयवस्तुमा सहकारी अभियन्ताहरु युवराज घिमिरे, दलबहादुर गुरुङ, जीतबहादुर सिलवाल र सञ्चारकर्मी स्वस्तिक श्रेष्ठ र निर्मल पाण्डेयले सहजीकरण गर्नुहुनेछ । 

    उत्तम महिला कृषि सहकारी, सियारीमा २०७१ सालदेखि महिलाकाबीच कृषि क्षेत्रमा कार्य गर्दै आएको संस्था हो । संस्थाले कृषि क्षेत्रमा आफ्ना सदस्यहरुलाई कर्जा लगानी गर्दै आइरहेको अध्यक्ष सुदीक्षा खरेलले बताउनुभयो ।