शनिवार , माघ १०, २०८२
चियाको धुवाँसँगै देशभक्तिको बहस तातिँदै थियो । एक जना देशभक्त गम्भीर स्वरमा बोले–‘भारतीय विस्तारवादको लक्ष्य नेपाललाई सिक्किम बनाउनु हो । यही निर्वाचनमा होसियार हुनुपर्छ ।’
अर्को कट्टर देशभक्तले तुरुन्तै थपे–‘के विस्तारै गाभ्नुपर्छ र ? चाहे एकैछिनमा नेपाल भारतमा मिसाइदिन्छ ।’ कुरा अझै सकिन नपाउँदै तेस्रो देशभक्त झन् निडर बन्यो–‘भाद्र २३–२४ को आन्दोलनले सत्ता ढाल्न ४८ घण्टा पनि लागेन । नेपाल त भारतले काँचै खान्छ । बरु भारततिरै गाभिनु राम्रो ।’
म झस्किँदै थिएँ । त्यतिकैमा सबैभन्दा वरिष्ठ विद्वान देशभक्ति मुस्कुराउँदै बोले–‘नेपाल भारतमा गाँभियो भने हामी झन् शक्तिशाली हुन्छौं । भारत नेपालको हुनेछ । सस्तोमा गाडी चढ्नेछौं, दिल्लीको लालकिल्ला हाम्रो हुनेछ, कलकत्ता–बम्बई सबै नेपालीकै हुनेछ !’
चिया चिसिँदै गयो । बहस जित्नेको ताली बज्यो । र म भने सोच्दै बसेँ—हामी देश जोगाउने बहस गरिरहेका थियौं, कि आफ्नै भ्रमलाई राष्ट्रवाद ठान्दै छौं ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
