२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

मलाई मत नदिनुपर्ने कुनै कारण छैन : विष्णु पौडेल

शनिवार , माघ १०, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, १० माघ । नेकपा (एमाले) रुपन्देही क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन परिचालन कमिटी घोषणा एवं कार्यालय उद्घाटन गरिएको हो । 

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी एमालेले रुपन्देही–२ मा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित समितिको सह–संयोजकमा नेता राजु गुरुङ, सदस्य सचिवमा क्षेत्रीय कमिटी संयोजक ऋषिराम पाण्डे र आर्थिक परिचालन समितिको संयोजकमा समानुपातिक उम्मेदवार एजाज आलम रहनुभएको छ ।

    सो क्रममा एमाले उपाध्यक्ष एवं सो क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु प्रसाद पौडेलले अब भौतिक विकास मात्र नभइ सामाजिक, मानविय विकासका साथै शिक्षा, स्वास्थ्य एवं रोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले रुपन्देहीको भौतिक विकास धेरैका लागि सिकाईको थलो बनेको बताउँदै अब मानवीय विकास एवं व्यक्तिको आयस्तरमा वृद्धि हुने खालको योजना निर्माणमा आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । 

    उहाँले आफुलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदाता सामु आफुले गरेका कामको मूल्यांकन गरिदिन आग्रह गर्नुभयो ।