२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

रुपन्देही-२ का राप्रपा उम्मेदवार थापाले फिर्ता लिईन उम्मेदवारी

शुक्रवार , माघ ९, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

    उहाँले नेपालको संविधानको धारा २९१ अनुसार उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ । विदेशमा स्थायी आवास अनुमति परित्याग गरेको तीन महिना नपुगेको कारणले उम्मेदवारी फिर्ता लिएको उहाँको भनाइ छ ।

    थापाले पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेपछि संविधानको मर्म र भावनाअनुसार उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

    उहाँले अध्ययनको क्रममा विदेशमा स्थायी आवास अनुमति (पीआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पार्नुभएको छ।

    तर, नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने कानुनी व्यवस्था रहेको जानकारी पाएपछि आफूले निर्णय फिर्ता लिएको उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले उम्मेदवारी फिर्ता लिए पनि देश सेवाको भावना नरोकिने भन्दै उहाँले राजनीतिभित्र वा बाहिर रहेर प्रविधि, उद्यमशीलता, युवा तथा महिला सशक्तिकरण र सुशासनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।