२०८२, माघ ८ गते

Jan 22 2026 | २०८२, माघ ८ गते

गुप्ताले दिए रुपन्देही–३ बाट स्वतन्त्र उम्मेदवारी

बुधवार , माघ ७, २०८२

  • 664
    Shares
  • 664
    Shares
  • भैरहवा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर ३ मा जीत बहादुर (जेबी) गुप्ताले मंगलबार स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

    २०७९ सालमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यही क्षेत्रमा उम्मेदवारी दिनुभएका गुप्ताले यसपटक भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    सिद्धार्थनगर नगरपालिका–१ निवासी गुप्ताले आफ्नो उम्मेदवारी कुनै व्यक्ति, नेता र पार्टीविरुद्ध नभएको बताउनुभयो । ‘जे उद्देश्यले म राजनीतिमा प्रवेश गरेको थिएँ, त्यही उद्देश्यले अन्यायविरुद्ध मेरो उम्मेदवारी हो, ’उहाँले भन्नुभयो । राजनीतिमा हुने अन्यायविरुद्ध आवाज उठाउन जनताको अदालतमा आएको उहाँले बताउनुभयो ।

    रास्वपाले यो क्षेत्रमा डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।