२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

रुपन्देही–३ : ३६ जनाको उम्मेदवारी दर्ता

मंगलवार , माघ ६, २०८२

  • 520
    Shares
  • 520
    Shares
  • भैरहवा, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार सिद्धार्थनगर नगरपालिका–५ बालमन्दिरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 

    सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार रुपन्देही–३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    २०७९ सालमा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

    अहिले राप्रपाबाट स्वर्गीय दीपक बोहराका छोरा क्याप्टेन गौरव बोहराले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसबाट युवा नेता तथा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    त्यस्तै नेकपा (एमाले) बाट पूर्व प्रतिनिधि सभा सदस्य समेत रहनुभएका बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट फैज अहमद खाँ उम्मेदवार बन्नुभएको छ । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्नुभएको छ । 

    जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पार्टीका युवा नेता श्रीनिवास यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

    जनमत पार्टीबाट विशाल गुप्ता, राष्टिय जनमुक्ति पार्टीबाट मोजीब अली मुसलमान, आम जनता पार्टीबाट राधेश्याम गुप्ता, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोविन्द काराखेती, नागरिक उन्मुक्ति पार्टी, नेपालबाट नन्दा चौधरी, राष्ट्रिय जनमोर्चाबाट बद्रे आलम, नेकपा (माओवादी) बाट शंकर ज्ञवाली, स्वतन्त्र उम्मेदवार जीत बहादुर गुप्ता, गोपाल भण्डारी, नबाब मुसलमानलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।