२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

रास्वपाबाट रुपन्देही–५ मा तौफिक अहमद खान उम्मेदवार

मंगलवार , माघ ६, २०८२

  • 196
    Shares
  • 196
    Shares
  • भैरहवा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ बाट तौफिक अहमद खानलाई उम्मेदवार बनाएको छ । युवा पुस्ताले निर्वाचन क्षेत्रमा युवा उम्मेदवार खोजिरहेको बेला रास्वपाले रुपन्देही–५ बाट खानलाई उम्मेदवार बनाएको हो । खानको रुपन्देही–५ मा राम्रो पकड रहेको मानिन्छ ।

    को हुनुहुन्छ खान ?

    खान एक रणनीतिक सल्लाहकार, वातावरणीय अभियन्ता र नीति विशेषज्ञ मानिनुहुन्छ । खानको करियर १५ वर्षभन्दा बढी समयदेखि शासन, दिगो विकास र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धसँग सम्बन्धित क्षेत्रमा फैलिएको छ । उहाँले वातावरणीय नवप्रवर्तन, नगरपालिका विकास र सीमापार सहयोगका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ ।

    रणनीतिक सल्लाहकारको रुपमा खानले राष्ट्रिय नेताहरु, स्थानीय सरकार र युवा संस्थाहरुसँग फोहोर व्यवस्थापन, हरियो पूर्वाधार र कार्बन कटौती नीतिहरुमा मार्गदर्शन गर्दै आउनुभएको छ । वातावरणीय नीति क्षेत्रमा उनको विशेषज्ञता समुदायमा आधारित कार्बन क्रेडिट कार्यक्रम, स्वच्छ उर्जा परियोजना र सुधारिएको भान्सा चुलो प्रविधिमा छ ।

    सन् २०२३ मा यूएईमा सम्पन्न कोप २८ मा खानले नेपालको प्रतिनिधित्व गर्दै समान जलवायु कार्यको पक्षमा वकालत गर्नुभयो । उहाँले विकासशील समुदायका लागि समुदायमा आधारित कार्बन र स्वच्छ उर्जा समाधानहरु प्रस्तुत गर्नुभएको थियो ।

    नेपालभित्र खानले नगरपालिका शासन र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । युवा नेताहरुलाई वातावरणीय अभियन्ता र नागरिक चेतनामूलक अभियानमा संलग्न गराउँदै उहाँले युवा पुस्तालाई नेतृत्वका लागि तयार पारिरहनुभएको छ ।