२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

माघे संक्रान्तिमा कम्बल वितरणलाई निरन्तरता दिदै बुद्ध सामुदायिक

बिहिवार , माघ १, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, १ माघ । बुद्ध सामुदायिक सेवा समाज तथा बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११, रुपन्देहीले कम्बल वितरण कार्यक्रम  गरेको छ ।

    संस्थाले बिहीबार सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री रामजानकी हनुमान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा २०५ जनालाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक मनोज अग्रहरीले बताउनुभयो ।

    कार्यक्रममा वृद्धवृद्धा, असहाय तथा विपन्नलाई कम्बल वितरण गरिएको बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष श्रीचन्द्र जयसवालले बताउनुभयो । अध्यक्ष जयसवालका अनुसार संस्थाले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा कम्बल वितरण कार्यक्रम गर्दै आएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले बुद्ध सामुदायिकले आयोजना गरेको कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कम्बल वितरणसँगै खिचडी खुवाउने कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको बताउनुभयो । प्रहरी नागरिककै सुरक्षाका लागि रहेको उहाँको भनाइ छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बुद्ध सामुदायिक सेवा समाजले राम्रो कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले विगत १० वर्षदेखि संस्थाले निरन्तर रुपमा कम्बल वितरण कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले संस्थाले आयोजना गर्ने कार्यक्रममा सदस्यहरुको बढी भन्दा बढी उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।

    सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले समाजमा सहयोगको भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिसो मौसमलाई मध्यनजर गर्दै संस्थाले कम्बल वितरण गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।

    बुद्ध सामुदायिकका कानूनी सल्लाहकार दिलिप कुमार मल्लिकले राज्य पक्षले गर्नुपर्ने काम यो संस्थाले गरेको भन्दै प्रशंसा गर्नुभयो ।

    श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले माघे संक्रान्ति पर्वको ठूलो महत्व रहेको र यो दिनमा संस्थाले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

    समाजसेवी तथा पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष कुमार के.सी.ले संस्थाले पुण्य काम गरेको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

    njdjjdjd.jpg

    बुद्ध सामुदायिकका सल्लाहकार दुर्गा प्रकाश गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।