२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

अबको युग गगन थापाको : काँग्रेस नेताहरु

बिहिवार , माघ १, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • काठमाडौं, १ माघ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताउनुभएको छ ।

    थापा नेतृत्वको केन्द्रिय कार्य समितिको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अबको युग गगन थापाको भएको बताउनुभएको हो । उहाँले देश चलाउनको लागी नयाँ सोच, विचार र एजेण्डा चाहिने बताउनु भयो ।

    त्यो आशा र भरोसा जगाउनसक्ने सभापति भनेको गगन थापा मात्रै रहेको उहाँको भनाई छ । जनताका अपेक्षालाई पूरा गर्न आफूहरु प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘गगन थापाको नेतृत्वले देश हाँक्नेछ । देश हाक्नको लागि नयाँ सोच, नयाँ विचार र एजेण्डा चाहिन्छ । त्यो आशा र भरोसा जगाउनुपर्नेछ । त्यो जगाउनसक्ने सभापति गगन थापा हो । अब युग शुरु भएको छ, युग नायक पुनर्जागरणको युगमा । धेरै एजेण्डा छन्, धेरै अपेक्षा छन्, त्यो अपेक्षालाई पूरा गर्न हामी प्रतिवद्ध छौँ ।’ 

    सहमहामन्त्री बहादुर सिंह लामाले जेन–जीको आन्दोलनले नयाँ रुपान्तरण खोजेकोले सोही अनुसार आफूहरु अगाडी बढेको बताउनु भयो । एउटै अनुहार देखेर जनता वाक्क भइसकेको उहाँको भनाई छ ।

    उहाँले आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर जनताको जाने बताउनु भयो । उहाँले विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने उल्लेख गर्नुभयो । विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि लगायतका स्पष्ट निति पारित गरेकोले सोही नीतिअनुसार अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘जेनजीको आन्दोलनले के भन्छ भने एकै अनुहार देखिरहँदा पनि अलिकति गाह्रो भयो, सुशासन कायम गर्ने, रोजगारी गर्ने कुराहरु लगायतका मुद्दा लिएर चुनाव हुन लागेको छ । चुनावमा के मुद्दा लिएर जाने त ? भरोसा त दिनुप¥यो नी, जब मुद्दा हुँदैन, तबसम्म जनताले भोट दिँदैन ।

    त्यसले गर्दा हामीले गरेका कामहरुको केही कमीकमीकमजोरीहरुलाई पनि सुधार गरेर जान्छौँ । सबै कुरामा सुधार गरेर सुशासन हामी यसरी दिन्छौँ भनेर विशेष महाधिवेशनले स्पष्ट नीति पास गरेको छ । जनताको मन छुने, युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि यसरी गर्छौं भनेर हामीले पुष्टी गरेका छौँ ।’ 

    सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टीले भाग लिने बताउनु भयो । उहाँले चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको नभई सबै नयाँ जोश जाँगर लिएर आएको बताउनु भयो । निर्वाचनको लागि ६ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकोले त्यसको लागि पार्टीले विभिन्न निर्णय गर्ने जानकारी दिनुभयो । बैठकले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका विभिन्न समितिहरु बनाउने बताउनु भयो ।  

    उहाँले भन्नुभयो, ‘चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको होइन । हामी चुनावमा जानसक्छौँ । निर्वाचनको लागि ६ गते नोमिनेशन छ, त्यो भन्दा अगाडी हामीले टिकेट पनि बाढ्नुप¥यो ।

    हाम्रो घोषणापत्र तयार हुनुप¥यो । हाम्रो परिचालन समिति पनि तयार गर्नुप¥यो । निर्वाचन परिचालन सम्बन्धी विभिन्न समितिहरु हामीले बनाउनुपर्छ । आजको बैठक चाहीँ हामीले हतारिएर राखेको छोँ । हामीहरु सबै नयाँ जोश जाँगर लिएर आएका छौँ ।’ 

    गगन थापा नेतृत्वको नेपाली काँग्रेसको पहिलो केन्द्रिय समितिको बैठक बिहीवार ललितपुरको कुपण्डोलमा बसिररहेको छ ।