२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

रुपन्देही प्रशासनले भन्यो : हार्दिक धन्यवाद !

बिहिवार , बैशाख १६, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, १६ वैशाख ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लावासीलाई धन्यवाद ज्ञापन गरेको छ । जिल्लामा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको पहिलो दिन सबै जिल्लावासीले पूर्ण रुपमा पालना गरी आदेश कार्यान्वयनमा गरेको भन्दै प्रशासनले बिहीबार एक विज्ञप्ती जारी गर्दै जिल्लावासीलाई धन्यवाद ज्ञापन गरेको हो । 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आफुहरुले एकल प्रयासले मात्र नभइ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।

    ‘आज पहिलो दिन थियो सबै जिल्लावासीले आदेशको पूर्ण रुपमा पालना गर्नु भएको सबैमा आभार प्रकट गर्दछौँ’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ‘आगामी दिनहरुमा समेत यस्तै प्रकारको साथ, सहयोग र समर्थनको अपेक्षामा छौं ।’