शनिवार , पौष २६, २०८२
रुपन्देही, २६ पुस । सैनिक कल्याणकारी कोषमार्फत स्थापना भएको श्री सैनिक आवासीय महाविद्यालय बुटवल, रुपन्देहीको प्रथम अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
मध्यपश्चिम पृतना हेक्वा पृतनापति उपरथि हिम्मत बहादुर बिष्टले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै विद्यालयको पूर्वाधार निर्माण निकै छोटो समयमा सम्पन्न भएको बताउनुभयो । उहाँले देशका सबै प्रदेशमा स्थापना भइ ६० प्रतिशत नेपाली सेनाका सन्तति र ४० प्रतिशत गैरसैनिक नागरिकका सन्ततिाई शिक्षा दिने लक्ष्यअनुसार काम गर्दै आएको बताउनुभयो । असल नागरिक बनाउने गरी अनुशासन र अभिप्रेरणाका कार्यक्रमलाई जोड्दै आएको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षताको हैसियतबाट अभिभावकत्व ग्रहण गर्न पाउँदा धेरै खुशी लागेको उहाँले बताउनुभयो ।
यसैबीच महाविद्यालयको वार्षिक मुखपत्र ‘स्वप्न लुम्बिनी’ दोस्रो अंक समेत बिमोचन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दोलराज भण्डारीले वार्षिक प्रगति विवरण पेश गर्दै अध्ययनका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउन आफूहरु सफल भएको बताए ।
सैनिक आवासीय महाविद्यालय अनुशासन, नेतृत्व र राष्ट्रिय मूल्यमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित एक आवासीय शैक्षिक संस्था भएको भन्दै उहाँले बताउनुभयो । प्रधानाध्यापक भण्डारीले सबैभन्दा कान्छा महाविधालयहरूमध्ये एक भए पनि यसले छोटो समयमै शैक्षिक उत्कृष्टताको पहिचान बनाइसकेको बताउनुभयो ।
शैक्षिक गतिविधिसँगै खेलकुद, शारीरिक तालिम तथा अतिरिक्त क्रियाकलापमा समान जोड दिई विद्यार्थीहरूको बौद्धिक, शारीरिक र चारित्रिक विकासमा विशेष ध्यान दिदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शैक्षिक गतिविधिमा बुटवलको गरिमा बढाउने गरी महाविद्यालय स्थापनाबाट आयाम थपिएको बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिकाको मापदण्डमा रहेर सञ्चालन भएर महत्वपूर्ण योगदान दिन सफल भएको उहाँले बताउनुभयो ।
बुटवलको शैक्षिक क्षेत्रमा देशभरका धेरै जिल्लाबाट अध्ययन गर्ने विधार्थीहरु रहेको बताउँदै उहाँले यहाँका सामूदायिक र निजी विद्यालयहरुले छात्रवृत्ति प्रदान समेत गरेको बताउनुभयो । बुटवल सामरिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र भएको भन्दै अब यसको गरिमालाई जोडेर पर्यटन विकाससँग जोड्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा विद्यालयका निमित्त व्यवस्थापक अधिकृत सेनानी नरेश अर्यालले सैनिक कल्याणकारी कोषमार्फत सैनिक महाविद्यालय स्थापना सैनिक परिवार तथा सर्वसाधारण नागरिकका छोराछारीहरुलाई सहुलियत पूर्ण दरमा उच्चस्तरीय र गुणस्तरीय संस्कारयुक्त शिक्षा प्रदान गर्ने तथा सानैबाट राष्ट्रप्रेम, जिम्मेवार नागरिक उत्पादन गर्ने मुल लक्ष्यसहित स्थापना भएको बताउनुभयो ।
शिक्षाको केन्द्र मानिने रुपन्देहीको जनघनत्वका रहेको बुटवलमा महाविद्यालय स्थापना गरी धेरै कठिनाइ पार गर्दै संरचना स्थापना गर्न सफल भएको उहाँले बताउनुभयो । कार्यक्रममा विधार्थीहरुले विज्ञान प्रदर्शनी तथा साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij