२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

पृथ्वी जयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता, आर्या पब्लिक प्रथम

शनिवार , पौष २६, २०८२

  • 439
    Shares
  • 439
    Shares
  • भैरहवा, २६ पुस । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार रुपन्देहीको भैरहवामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । स्वतन्त्र नागरिक समाज भैरहवा, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाभित्रका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त प्रतियोगिता आयोजना गरेको समाजका अध्यक्ष हिरा बहादुर शाहले बताउनुभयो ।

    प्रतियोगितामा आर्या पब्लिक स्कूलको हृदय रघुंवशी प्रथम, बेलहिया माध्यमिक विद्यालयको पूजा वि.क. द्वितीय, आर्या पब्लिकैकै शुभाञ्जली भट्टराई तृतीय र भानु माध्यमिक विद्यालयको करिश्मा ओली र सुसंस्कृत माविको जिशान्त रसालीले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक बिना भण्डारीले जानकारी दिनुभयो । संयोजक भण्डारीका अनुसार प्रतियोगितामा १२ वटा विद्यालयका १८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    ‘राष्ट्र निर्माताको दूरदर्शीता र आजको नेपाल’ शिर्षकमा सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगिताको निर्णायकमा प्रा.डा. गितु गिरी, विजय गोविन्द श्रेष्ठ र वनमाली निराकार रहनुभएको आयोजकले जनाएका छन् ।

    स्वतन्त्र नागरिक समाजका अध्यक्ष हिरा बहादुर शाहको अध्यक्षता तथा तारा प्रसाद बेल्बासेको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको प्रमुख इश्तियाक अहमद खाले विद्यार्थी नै राष्ट्रको भविष्य भएको उल्लेख गर्नुभयो । उहाँले ज्ञान, विचार र संस्कारका माध्यमबाट सक्षम नागरिक निर्माण गर्न वक्तृत्वकला जस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    WhatsApp Image 2026-01-09 at 5.43.50 PM.jpeg

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, भैरहवा नमूना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ता, भैरहवा नमूना मा.वि.का प्राचार्य बासुदेव पौडेल, स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष वीर बहादुर शाह लगायतको आतिथ्यता थियो ।