२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा

शनिवार , पौष २६, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रूपन्देही, २६ पुस । मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ । यो घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । त्यस्तै सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने भएको हो ।

    देवदह नगरपालिकाको सभाहलमा नगरप्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति, रूपन्देहीका प्रमुख उमाकान्त चापाई, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    कार्यक्रममा वक्ताहरूले मानवसेवा आश्रम र स्थानीय तहबीचको सहकार्यबाट देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा हुनु सामाजिक उत्तरदायित्व र मानवीय सम्वेदनाको महत्वपूर्ण उपलब्धी भएको बताए । 

    मानवसेवा आश्रमले देशका विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको सहयोगापेक्षी सडकआश्रित मानवमुक्त अभियानमा देवदह नगरपालिका जोडिनु एक महत्वपूर्ण उपलब्धी भएको जनाइएको छ । आश्रमले वि.सं. २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्यसहित देशभर अभियान तीव्र पारेको जनाएको छ ।