२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

काँग्रेस विशेष महाधिवेशनमा देउवा आफैँ सहभागी हुनुपर्छ : चन्द्र भण्डारी

शुक्रवार , पौष २५, २०८२

  • 499
    Shares
  • 499
    Shares
  • काठमाडौं, २५ पुस । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताउनुभएको छ । 

    शुक्रवार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुग्नुभएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा काँग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उहाँ सहभागी हुनुपर्ने बताउनुभएको हो ।

    नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताहरु त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै काँग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने समेत बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘७७ वटै जिल्लाका साथीहरु हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु हाम्रा हुन् । नेपाली काँग्रेसका हुन । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरुलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो ।’

    काँग्रेस नेता भण्डारीले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्ने समेत बताउनु भयो ।