बिहिवार , पौष २४, २०८२
काठमाडौं, २४ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई र भ्रष्टाचारलाई प्रश्रय नदिने स्पष्ट पार्नुभएको छ ।
इन्सेकद्वारा बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागीता बिषयक कार्यक्रममा मन्त्री अर्यालले दण्डहिनताका गम्भीर खालका बिषयबस्तुलाई कारवाहीको दायरामा ल्याउने भन्दै नेपाल संसारको एक सभ्य समाजबाट अलग हुने गरी, कालो सूचीमा रहने गरी दण्डहिनतालाई र भ्रष्टाचारलाई प्रश्रय नदिने स्पष्ट पार्नुभएको हो ।
उहाले निर्वाचन उन्मुख हुनेका लागि र द्वन्द्व न्यूनिकरण गर्नको सरकार बनेको पहिलो दिन देखि नै वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो । स्वच्छ निर्वाचन पनि राजनीतिक सुशासनको विषयवस्तु भएकाले युवाहरुको माग बमोजिम जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उहाको भनाइ छ ।
गृहमन्त्री अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको समेत धारणा राख्नुभयो । विधिको शासन मिचेर गरेको स्टन्ट सुशासन नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सुशासनको बहाली गर्नको लागि विधिको शासन अपरिहार्य रहेको बताउनुभयो ।
उहाले निर्वाचित सरकारलाई जिम्मेवारी हस्ताान्तरण गरेपछि वर्तमान संवैधानिक व्यवस्था अनुसार मुलुकको राजनीतिक परिस्थीति सामान्यकरण हुदै जाने बताउनुभयो । निर्वाचनको पूर्वाधार, सुरक्षा लगाएत सम्पूर्ण तयारी भइसकेको उहाले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij