बिहिवार , पौष २४, २०८२
काठमाडौं, २४ पुस । गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरुप बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
खोला मापदण्ड विरुद्ध भूमि अधिकार संरक्षण समितिले बिहीबार काठमाडौको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । । सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढि घरधुरीको उठिवास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । २०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो ।
सरकारको निर्णय अनुसार नै पीडित रहेको अवस्थामा पछि सर्वोच्चको फैसलाले थप आफूहरु पीडामा परेको भन्दै संघर्ष समितिले उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गर्दै आएका छन् । समितिले २०६५ मंसिर १ गते सरकारले जारी गरेको खोला मापदण्ड समेत खारेज हुनुपर्ने माग गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij