२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

रुपन्देहीमा लागूऔषधसहित एकजना पक्राउ

बुधवार , पौष २३, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares

  • भैरहवा, २३ पुस । रुपन्देहीमा लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मायादेवी गाउँपालिका–३ बस्ने २४ वर्षिय दिपेन्द्र चाईलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार दिपेन्द्रलाई सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियामा फेला पारी सोधपुछ गर्दा निजले मायादेवी–३ स्थित घरकोठामा लागूऔषध लुकाईछिपाई राखेको भनी खुल्न आएको थियो ।

    दिपेन्द्रको घरकोठा खानतलासी गर्दा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने पदार्थ प्लाष्टिकसहित २८ ग्राम २९० मिलिग्राम, प्लाष्टिकबाहेक २६ ग्राम ३२० मिलिग्राम र डिजिटल तराजु १ थान समेत फेला परेपछि बरामद गरिएको डीएसपी कार्कीले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    त्यस्तै प्रहरीले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाबमोजिम बैंकिङ कसुर मुद्दामा कैद तथा सजाय भइ हालसम्म फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० बस्ने भक्त बहादुर पछाई र काठमाडौंको टोखा नगरपालिका–७ धापसी बस्ने उमेश अधिकारी रहेको डीएसपी कार्कीले जानकारी दिनुभयो । भक्त बहादुरले १५ दिन कैद र ३५ लाख जरिवाना र उमेशले १ लाख ४७ हजार ३ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरी नायव उपरीक्षक अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले पक्राउ गरी दुवैजनालाई कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा पेश गरिएको छ ।