२०८२, पौष २३ गते

Jan 07 2026 | २०८२, पौष २३ गते

सन् २०२५ मा बेलहियाबाट १ लाख बढी पर्यटक भित्रिए

मंगलवार , पौष २२, २०८२

  • 682
    Shares
  • 682
    Shares
  • भैरहवा, २२ पुस । बेलहिया नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ । एक वर्षको अवधिमा १ लाख बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् ।

    अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा १ लाख ३ हजार ९ सय ५५ जना पर्यटक बेलहिया नाका हुँदै प्रवेश गरेका हुन् । यो अवधिमा १ लाख २ हजार २ हजार ४ सय ५५ जना पर्यटक यो नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

    त्यस्तै सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६ सय ४४ पर्यटक भित्रिएका थिए । त्यसै गरी ९३ हजार २ सय ९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेको कार्यालयले जनाएको छ । ।

    सन् २०२५ मा बेलहिया नाकाबाट सबैभन्दा बढी श्रीलंकाका ३४ हजार ३ सय ६६ जना पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९ सय ६२, थाईल्याण्डका १९ हजार १ सय ९५, भियतनामका ७ हजार ६ सय ४५, दक्षिण कोरियाका ३ हजार ८२ र संयुक्त राज्य अमेरिकाका २ हजार १ सय ४९ जना पर्यटक नेपाल प्रवेश गरेका छन् ।

    २०२५ सालमा सबैभन्दा बढी मार्चमा २० हजार ७ सय २० पर्यटक नेपाल आएका छन् । त्यस्तै फ्रेअुबरीमा १७ हजार ८ सय ७१, नोभेम्बरमा १६ हजार ३ सय ५, अक्टोबरमा ११ हजार ६ सय ९७ र डिसेम्बरमा १० हजार ७ सय २० जना पर्यटक आएका हुन् ।
    पछिल्ला वर्ष बेलहिया नाकाबाट भित्रिने राहदानीबाहक (तेस्रो मुलुक) का पर्यटकको संख्या बढेको छ ।

    बेलहिया नाका हुँदै सन् २०१८ मा १ लाख ६६ हजार २ सय ३५, २०१९ मा १ लाख ६१ हजार ६ सय ९१, २०२० मा ४३ हजार ३ सय ६७, २०२१ मा ८१२, २०२२ मा २० हजार २ सय २० र २०२३ मा ८१ हजार ८ सय ५ सय ५१ पर्यटक नेपाल आएका छन् । कोरोनाकालमा पर्यटक संख्या घटेको थियो ।

    अध्यागमन कार्यालय बेलहियाका प्रमुख बासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन साचेअनुरुप हुन नसके पनि विगतका वर्षभन्दा संख्या भने बढेको बताउनुभयो । ‘सन् २०२५ मा करिब १ लाख २० हजार पर्यटकको आगमन हुने आंकलन गरेका थियौं । जेनजी आन्दोलनका कारणले त्यति आगमन हुन सकेन । तर, कोरोनाकालपछि क्रमशः पर्यटकको संख्या बढ्दै गएको छ, ’उहाँले भन्नुभयो ।

    बेलहिया नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो ।