२०८२, पौष २३ गते

Jan 07 2026 | २०८२, पौष २३ गते

प्रधानमन्त्री कार्कीसंगअमेरिकी राजदूत डिन आर थम्प्सनको बिदाइ भेट

सोमवार , पौष २१, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २१ पुस । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसंग बिदाइ भेट गर्नुभएको छ ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको विदाई भेटका क्रममा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।

    प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    सो क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभएको थियो ।