आइतवार , पौष २०, २०८२
भैरहवा, २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का नेता खिमलाल भट्टराई रुपन्देही क्षेत्र नम्बर ५ बाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
आइतबार पार्टीको क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीको बैठकले भट्टराईको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरेको बैठकमा सहभागी एमाले जिल्ला सचिवालय सदस्य सन्दिप गुप्ताले जानकारी दिनुभयो ।
भट्टराई पूर्व राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ । हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
२०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार भरत कुमार शाहलाई पराजित गरी एमालेका बासुदेव घिमिरे प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij