आइतवार , पौष २०, २०८२
भैरहवा, २० पुस । नेकपा (एमाले) रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि १० जनाको नाम प्रस्ताव गरिएको छ । भैरहवामा जारी एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ को पाँचौ बैठकमा १० जनाको नाम प्रस्ताव गरिएको हो ।
बैठकमा सहभागी एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ (१) को संयोजक उमा अधिकारीका अनुसार विश्वराज बराल ‘अनुप’, बासुदेव घिमिरे, राजेन्द्र प्रसाद पन्थी, हरि प्रसाद अधिकारी, हितराज पन्थी, अयोध्या थारु, पम्फावती खनाल, सीता काफ्ले, लक्ष्मी के.सी. र नर बहादुर घर्तीको नाम उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।
आकांक्षीहरू र अरुले फ्लोरमा सम्भावित उम्मेदवारको नाम प्रस्तावित गरेका छन् । यी नाममा छलफल गरेर सकेसम्म थोरैजनाको सिफारिस गरेर पठाउने बताइएको छ ।
२०७९ सालको निर्वाचनमा रुपन्देही-३ बाट एमालेको समर्थनमा राप्रपाका उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij