आइतवार , पौष २०, २०८२
भैरहवा, २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
एमाले रुपन्देही–२ का क्षेत्रीय सह–संयोजक राजेन्द्र ढकालले आइतबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको जानकारी दिनुभयो । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहनुभएका पौडेलले २०६४ सालदेखि निरन्तर यो क्षेत्रबाट निर्वाचन जित्दै आउनुभएको छ ।
विष्णु पौडेललाई सर्वसम्मत उम्मेदवारमा सिफारिस निर्णय भएको ढकालले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij