२०८२, पौष २१ गते

Jan 05 2026 | २०८२, पौष २१ गते

नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जनाले दिए सामूहिक राजीनामा

आइतवार , पौष २०, २०८२

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २० पुस । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिनुभएको छ । पछिल्लो समय पार्टीको नेतृत्व तहबाट भएका कतिपय निर्णयहरु, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताउनुभयो ।

    कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले यस परिस्थितिमा सोही पार्टीमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको थारुले बताउनुभयो । पुस १९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीहरुसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको उहाँले जानकारी दिनुभयो ।

    सोमबार (भोली) नाउपाका पूर्व पदाधिकारी र थरुहट/थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने उहाँको भनाइ छ ।

    राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत रहनुभएको छ ।