२०८२, पौष २१ गते

Jan 05 2026 | २०८२, पौष २१ गते

भैरहवामा किया अटोमोवाईल्सको नयाँ सो रुम सञ्चालन

आइतवार , पौष २०, २०८२

  • 196
    Shares
  • 196
    Shares
  • भैरहवा । भैरहवामा रहेको वरुण मोटर्स प्रालिले किया मोर्टसका लागि सुविधासम्पन्न नयाँ सो रुम सञ्चालनमा ल्याएको छ ।

    भैरहवा र आसपास क्षेत्रमा किया मोटर्सको आधिकारिक बिक्रेता वरुण मोटर्सले सुविधासम्पन्न नयाँ सो रुम सञ्चालन ल्याईएको हो ।

    रुपन्देहीको सिद्धार्थनगर–८ स्थित अंचलपुरमा नयाँ सो रुम सञ्चालनमा ल्याइएको हो । एकै स्थानबाट सेल्स, सर्भिस र स्पेयर पाट्र्स सुविधा प्रदान गर्ने गरी सो रुम सुरुआत गरिएको हो । सो रुम १० हजार बर्गफिटमा फैलिएको छ ।

    WhatsApp Image 2026-01-04 at 10.58.46 AM (1).jpeg

    नेपालका लागि किया मोटरको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिकी प्रबन्ध निर्देशक रेखा घिमिरे र सरितादेवी अग्रवालले सो रुम उद्घाटन गर्नुभयो ।  सो रुमका सञ्चालक राहुल अग्रवालले ४ करोड लगानीमा सुविधासम्पन्न सो रुम तयार गरिएको हो ।

    अग्रवालका अनुसार विगत पाँच वर्षदेखि वरुण मोटर्सले यस क्षेत्रमा कियाका गाडीहरु बिक्री गर्दै आइरहेको छ । तर, यसलाई अझै आधुनिक, सरल र सुविधासम्पन्न गराउन नयाँ सोरुम तयार गरी सञ्चालनमा ल्याइएको हो । उपभोक्तालाई हरेक सुविधाहरु छिटोछरितो, सुलभ र भरपर्दो तरिकाले प्रदान गर्दै आएको उहाँको भनाई छ ।

    WhatsApp Image 2026-01-04 at 10.58.46 AM.jpeg

    कन्टिनेन्टल ट्रेडिङकी निर्देशक घिमिरेले राम्रो सुविधा र फराकिलो ठाउँमा सोरुम सञ्चालनमा आएसँगै रुपन्देहीमा कियाको उपस्थितिलाई थप मजबुत भएको बताउनु भयो ।

    वरुण मोटर्स कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिअन्तर्गत किया नेपालको आधिकारिक डिलर हो ।