२०८२, पौष २१ गते

Jan 05 2026 | २०८२, पौष २१ गते

इशान मृत्यु प्रकरण : सत्य तथ्य छानविनको माग

आइतवार , पौष २०, २०८२

  • 418
    Shares
  • 418
    Shares
  • भैरहवा । रुपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरका १७ वर्षीय इशान शर्मा पौडेलको मृत्यु प्रकरण शंकास्पद बन्दै गएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । पौडेलको मृत्यु दुर्घटना नभई योजनावद्ध हत्या भएको दाबी गर्दै ब्युटिपार्लर एसोसिएसन तथा ब्युटिसियन संघले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गरेका हुन् । 

    ब्युटिपार्लर एसोसिएसन संघ तथा ब्युटिसियन संघका संरक्षक चिनु गुरुङले प्रहरी प्रशासनले सार्वजनिक गरेको प्रारम्भिक विज्ञप्ति बनावटी रहेको आरोप लगाउँदै घटनाको गम्भीर, निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पौडलेले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशकी अध्यक्ष बविता के.सी. कार्कीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई घटनाको छानविन गर्दै तत्काल न्याय दिलाउन माग गर्नुभयो । 

    नेपाल ब्युटिसियन संघका केन्द्रीय पूर्व वरिष्ठ उपाध्यक्ष शान्ति शर्माले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा सजाय तथा अनुसन्धानको प्रगति नियमित रूपमा सार्वजनिक गर्न माग गर्नुभयो । “न्याय ढिलो हुनु भनेको न्याय नपाउनु सरह हो,” शर्माले भन्नुभयो इशनलाई न्याय नपाएसम्म आवाज नरोकिने बताउनु भयो । 

    इशन शर्मा पौडेलले स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययन गर्दै आउनु भएको थियो । पौडेल तेक्वान्दो खेलाडी तथा प्रशिक्षकसमेत रहनु भएको थियो । 

    घटनाबारे प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले घटनाको सत्य तथ्य छानविन भईरहेको बताउनु भयो । उहाँले घटनाको बिषयमा प्रहरी प्रशासन गंभिर भएर अनुसन्धान गर्दै आएको बताउनु भयो । परिवारजनका अनुसार पुस २ गते पौडेल विद्यालय तथा जिम हाउस गएपछि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । इशानको शव पुस ३ गते बिहीबार घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा इशानको शव फेला परेको थियो ।

    प्रहरीको प्रारम्भिक रिपोर्टलाई अस्वीकार गर्दै परिवारजन र स्थानीयले योजनावद्ध हत्या भएको दाबी गर्दै आएका छन्।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुरज कार्कीले ईशानको दुर्घटनामा मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको भन्दै आफुहरु अझै अनुसन्धानमै रहेको बताउनु भयो ।