२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

गणेश कालिका मन्दिरको अध्यक्षमा काफ्ले

शनिवार , पौष १९, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १९ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ कालिका स्थानस्थित श्री गणेश कालिका मन्दिरको सातौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनले ज्ञान प्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    त्यस्तै उपाध्यक्षमा विश्व काफले, सचिवमा टीकाराम भट्टराई, कोषाध्यक्षमा तिलक कुमार प्रधान, सह–सचिवमा शारदा पन्त, सह–कोषाध्यक्षमा बाबुराम न्यौपाने, सदस्यहरुमा कृष्णराज गिरी, सावित्री बराल, मीना श्रेष्ठ, राम बन्जाडे, गीता गौतम चयन हुनुभएको निर्वाचन अधिकृत तथा अधिवक्ता कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । 

    साधारण सभा एवं अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका–१२ का वडा सदस्य इसान भण्डारीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै भण्डारीले श्री गणेश कालिका मन्दिर सिद्धार्थनगरको ऐतिहासिक धरोहर भएकोले यसको संरक्षणका लागि नगरपालिका तत्पर रहने बताउनुभयो । स्थानीयबासी स्वयं धार्मिक, साँस्कृतिक क्षेत्रमा संरक्षण सम्बद्र्धन एवं विकासका लागि तत्पर भइ सकारात्मक र रचनात्मक भूमिका खेल्न आग्रह गर्दै उहाँले नगरपालिका, वडाका साथै आफूले व्यक्तिगत रुपमा समेत मन्दिरका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । 

    g3.jpg

    कार्यक्रममा मन्दिरमा अखण्ड दीप प्रज्वलनका लागि अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगी र आजीवन सदस्यहरुलाई सम्मान गरिएको मन्दिर समितिका सल्लाहकार पुण्य प्रसाद ढकालले बताउनुभयो । साधारण सभामा सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमाथि सभाका आजीवन सदस्यहरुले सुझावहरु दिएका थिए । 

    साधारण सभामा कोषाध्यक्ष तारानाथ आचार्यले १४ लाख ७५ हजार ५५ रुपैयाँको आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो । सभामा सचिव वासुदेव शर्माले गत वर्ष भएको प्रगति प्रतिवेदन र भावी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।